आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीले कन्चनपुरको महेन्द्रनगरमा शाखा बिस्तार गरेको छ।
शाखाको कम्पनीका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरेका छन् । शाखा उद्घाटनको अवसरमा अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले चालु आर्थिक बर्षका लागि करिब ७० करोड बीमा शुल्क आर्जन गरेको र कूल लगानी १ अर्ब ७ करोड रहेको जानकारी दिए ।
समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बर राज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी, पवन दुग्ध ब्यवसायी समितिका अध्यक्ष निराजन बहादुर मल्ल, स्थानिय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कम्पनीको आज उद्घाटन भएको शाखासहित ४४ वटा शाखा तथा उपशाखा र ११ वटा सेवा काउण्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ ।





























प्रतिक्रिया