टीभीएस अपाचे आरटीआर ४भी लन्च, यस्ता छन् विशेषता

टीभीएस अपाचे आरटीआर ४भी लन्च, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । नयाँ फिचर र प्रविधि थपेर टीभीएस मोटर्सले १६० सीसी नेकेड बाइक सेगमेन्टमा टीभीएस अपाचे आरटीआर ४भी बाइक लन्च गरेको छ।

टीभीएसले सो बाइकमा १५९.७ सीसी क्षमताको आयल फ्युल इन्जेक्टेड ४ भल्भ इन्जिनले सुसज्जित गरेको छ ।

बाइकले १७.५५ पीएस पावर र १४.७३ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ । बाइकमा ३७ एमएम यूएसडी फोर्क दिइएको छ । साथै बाइकमा राइडिङका लागि स्पोर्ट, अर्बन र रेन गरी तीन मोड उपलब्ध गराइएको छ ।

बाइकमा टीभीएस स्मार्टकनेक्ट प्रविधि दिइएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, कल र एसएमएस अलर्ट, भ्वाइस असिस्ट उपलब्ध छ। सेफ्टीका लागि बाइकमा ड्युअल च्यानल एबीएससहितको आरएलपी, एलईडी हेडलाइट र टेल ल्याम्पसहित बुलपप् एग्जास्ट प्रदान गरिएको छ ।

सो बाइक ३ कलरमा ल्याइएको छ। साथै यसमा रेस इन्स्पायर्ड ग्राफिक्स, गोल्डेन फिनिश यूएसडी फोर्क्स, रेड अलोय ह्विल पनि दिइएको छ। टीभीएसद्वारा अपडेट गरिएको अपाचे आरटीआर १६० ४भी बाइकको मूल्य १ लाख ४० हजार भारु राखिएको छ।

Logo