चिनियाँ अटो निर्माता चेरीले विश्वकै ठूलो सोलिड–स्टेट ब्याट्री कारखाना निर्माण गर्दै

चिनियाँ अटो निर्माता चेरीले विश्वकै ठूलो सोलिड–स्टेट ब्याट्री कारखाना निर्माण गर्दै

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । चिनियाँ अटो निर्माता कम्पनी चेरीले विश्वकै ठूलो सोलिड स्टेट ब्याट्री कारखाना निर्माण गर्ने भएको छ । कम्पनीले चिनको वुहु इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभ्लपमेन्ट जोनमा अत्याधुनिक कारखाना निर्माण गर्न लागेको जनाइएको छ ।

उक्त कारखानाको निर्माण कार्य अन्तिम चरणमा पुगेको चेरीले दाबी गरेको छ । चेरीले निर्माण गर्ने उक्त कारखानाले विश्वमै पहिलोपटक १ गिगावाट आवर सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने दाबी गरिएको हो ।

थाइल्यान्ड र जापाजिन कम्पनीसँग समेत साझेदारी गरेर निर्माण हुन लागेको यो विशाल प्रोजेक्टको पहिलो फेज १ लाख स्क्वायर मिटर क्षेत्रफलमा फैलिने छ । पछि यसलाई विस्तार गरेर ५ गिगावटा आवर क्षमतासम्म पुगाउने कम्पनीले जनाएको छ ।

कारखानले चरणबद्ध रुपमा तीनवटा जेनेरशनका सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने जनाइएको छ । जसअन्तर्गत अवको केही महिनाभित्रै पहिलो जेनेरशेन २८० वाट आवर प्रतिकिलोग्राम इनर्जी डेन्सिटी भएको ब्याट्री उत्पादन थालिने र २०२५ मा दोस्रो जनेरेशनलाई ल्याउने तयारी गरिएको छ ।

दोस्रो जनेरेशनको इनर्जी डेन्सिटी ४०० वाट आवर प्रति किलोग्राम तथा तेस्रो जनेरेशनको इनिर्जी डेन्सिटी ५०० वाट आवर प्रति किलोग्राम रहने जनाइएको छ । तेस्रो जेनेरेशनलाई २०२७ मा लन्च गर्ने कम्पनी योजना छ ।

परम्परागत ब्याट्रीको तुलनामा सोलिड स्टेट ब्याट्री बढी सुरक्षित, वातावरणमैत्री र उच्च इनर्जी डेन्सिटीयुक्त हुने कारण यो नयाँ प्रविधिको विकासमा सिएटिएल लगायत अन्य थुप्रै कम्पनीले काम गरिरहेका छन् ।

चेरीले उत्पादन गर्ने सोलिड स्टेट ब्याट्रीलाई टोयोटा, हुन्डाई, मर्सिडिज बेन्ज र फक्सवागन जस्ता प्रख्यात ब्रान्डले आफ्ना ईभीमा प्रयोग गर्ने सहमति जनाइसकेको बताइएको छ ।

Logo