काठमाडौं । गएको दशैं, तिहार तथा छठ पर्व २०८१ लाई मध्यनजर गरी ‘उत्सव खुसीयाली घर भित्र्याऔं सेन्साई यसपाली’ योजनाअन्गर्तत बहुसंख्यक ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्चको युयचडि टि.भी हस्तान्तरण गरिएको छ ।
चौधरी ग्रुप अन्तर्गत रहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपालभर सिमित अवधिका लागि लागु गरेको थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।
सेन्साईको ३२ इन्च टि.भीको खरिदमा सिन्धुलीका कोमल बहादुर खत्रीले ६५ इन्चको टि.भी. लक्की ड्र मार्फत जितेका हुन् ।
चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । आगामी दिनहरुमानि ग्राहकवर्गको चाहनाहरुलाई ध्यान राख्दै सेन्सेई ब्राण्डले यस्ता योजनाहरु ल्याइराख्ने छ भन्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया