प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Logo