बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा, सीजी केयर्स सेवा पनि सुरु

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा, सीजी केयर्स सेवा पनि सुरु

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले ललितपुरको बागडोलमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा उक्त सर्भिस सेन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

नयाँ सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरबाट विश्वस्तरीय सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी ग्रुपका अध्यक्ष तथा नेपालका संघीय सांसद डा. विनोद चौधरीले गरेका छन् ।

यो काठमाडौँ भ्यालीमा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो । सीजी मोटर्सका अनुसार च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौँमा अब चारवटा सेवा केन्द्र पुगेका छन् ।

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कम्पनीले विद्युतीय सवारीको बिक्री पछिल्लो सेवालाई प्राथमिकता दिँदै नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताए । उनका अनुसार आगामी दिनमा पनि थप सर्भिस सेन्टरको तयार गर्दै जाने कम्पनीको लक्ष्य छ ।

सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ । सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जिबिटी चार्जिङ पोइन्टहरूको तयार गरेको छ ।

चौधरीले थप एकसय भन्दा बढी स्थानमा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको पनि जानकारी दिए । बागडोलमा सञ्चालनमा आएको सर्भिस सेन्टरबाट सीजी मोटर्सले बिक्री गर्दै आएको आयोन, एक्सपेंग, स्मार्ट, नेटा, रिडडारा, डायुन ब्रान्डका सवारीको सर्भिस हुनेछ ।

कम्पनीले नयाँ सर्भिस सेन्टरको सञ्चालनसँगै ‘सीजी केयर्स सेवा’ पनि सुरू गरेको छ । जसअन्तर्गत हटलाइन नम्बरमार्फत २४/७ सडक सहायता उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

सीजी मोटर्सका अहिले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरू रहेका छन् । कम्पनीले कुनै पनि समस्या परेको खण्डमा दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ ।

Skip This
Skip This
Logo