काठमाडौं । महिन्द्राले आफ्नो आगामी इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई को प्राविधिक विवरण सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ‘बोर्न इलेक्ट्रिक’ आर्किटेक्चरमा तयार पारिने यी ईभी हलुका तौलको हुनेछ । अल्ट्रा–हाई–स्ट्रेंथ बोरन स्टिल प्रयोग गरिएका कारण दुबै मोडेलमा राम्रो स्थिरताका लागि गुरुत्वाकर्षणको कम केन्द्र हुने जनाइएको छ ।
दुबै ईभी २२८ बीएचपीदेखि २८२ बीएचपी सम्मको आउटपुटमा रियर–माउन्टेड इलेक्ट्रिक मोटरका साथ उपलब्ध हुनेछ । ५९ र ७९ किलोवाट आवरको ब्याट्री प्याक विकल्पमा आउने यी दुबै ईभीले १७५ किलोवाट क्षमतको फास्ट चार्जर सपोर्ट गर्दछ । उक्त चार्जरले २० मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाई छ ।





























प्रतिक्रिया