सार्वभौम साख मूल्यांकनमा बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटीः सिबिफिन

सार्वभौम साख मूल्यांकनमा बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटीः सिबिफिन

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले प्राप्त गरेको ‘बीबी माइनस’ रेटिङसहितको नतिजा नेपालका लागि सञ्जिवनी बुटी भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जनाएको छ ।

दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको सिबिफिनले जनाएको हो ।

यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित समेत गरेको (सिबिफिनले विज्ञप्तिमार्फत जनाएको छ । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु निकै बलियो स्थितिमा रहेको र पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षित रुपमा लगानी–कर्जा विस्तार हुन नसकी आर्थिक गतिविधिहरुले तीव्रता लिन नसकिरहेको वर्तमान सन्दर्भमा भएको यस मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सिर्जना गरेको सिबिफिनले जनाएको छ ।

यस मूल्याङ्कनले बैंक तथा वित्तीय संस्थाहरूलाई बाह्य जगत्बाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन र ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जिवनी बुटीको कार्य गर्ने सिबिफिनले विश्वास लिएको छ ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा उ्िरक्लँदै गरेको सन्दर्भमा साख मूल्याङ्कनको क्रममा देखिएका कमीकमजोरीहरुलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउनुपर्ने सिबिफिनले जनाएको छ ।

समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रुपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नवीन यात्रा प्रारम्भ गर्नका लागि नेपाल सरकार तथा सरोकारवाला सम्पूर्ण निकायहरुबाट आवश्यक पहलकद्मी तत्काल अगाडि बढाइन सिबिफिनले माग गरेको छ ।

Skip This
Skip This
Logo