काठमाडौँ । बीवाईडी र साईमेक्स इन्कले बीवाईडीको ३०औँ वार्षिकोत्सव तथा १ करोड एनईभी विश्वव्यापी उत्पादनको अवसरमा नेपालभर एक सय युनिट विद्युतीय गाडी डेलिभरी गरेको छ ।
बीवाईडीले आफ्नो वार्षिकोत्सवका अवसरमा एक सय विद्युतीय गाडी डेलिभरी गरेर नेपालको दिगो यातायात समाधानप्रतिको रूची र बीवाईडीको प्रविधिमाथि ग्राहकहरूको विश्वासलाई स्पस्ट पारेको छ ।
नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धतालाई आत्मसाथ गर्दै विश्वव्यापी रूपमा बीवाईडी एक करोड एनईभी (न्यू एनर्जी भेइकल) उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ । साईमेक्स इन्कले बीवाईडी अट्टो थ्री, बीवाईडी डल्फीन र बीवाईडी सिल जस्ता आधुनिक मोडलहरूलाई बजारमा ल्याएको छ । यी गाडीहरू अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् ।
साईमेक्स इन्कका नेशनल सेल्स प्रमुख आशुतोष गौतमले बीवाईडीको माग आफ्नो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण भएको बताउँदै कम्पनीले नेपालमा दिगो यातायातको क्षेत्रमा गति बढाउन मद्दत गर्ने बताए । गौतमले बीवाईडी र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार र समुदाय–केन्द्रित पहलहरूमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको बताए ।





























प्रतिक्रिया