शिवम् सिमेन्टको नाफा १ करोड २७ लाख रुपैयाँ

शिवम् सिमेन्टको नाफा १ करोड २७ लाख रुपैयाँ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शिवम् सिमेन्ट्ले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा ५ करोड ३४ लाख रुपैयाँ घाटामा रहेको शिवम्ले चालु आवको पहिलो त्रैमाससम्ममा उल्लेख्य नाफा कमाएको हो ।

चालु आर्थिक वर्षको प्रकाशित पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार सिमेन्ट बिक्रीबाट हुने यस कम्पनीको आम्दानी घटेको छ । तथ्यांकअनुसार सिमेन्ट बिक्रीबाट कम्पनीको आम्दानी १ अर्ब ६२ करोडबाट घटेर १ अर्ब ४० करोड कायम भएको छ ।

कम्पनीको बिक्री लागत १ अर्ब ४५ करोडबाट घटेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको तथ्यांक छ । कम्पनीको अन्य आम्दानी २ करोड १२ लाखबाट बढेर १० करोड ५७ लाख पुगेको छ । अन्य आम्दानी बढ्दा नाफा पनि बढेको हो ।

Logo