काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली बजारमा नयाँ मोडलको मोटरसाइकलको सार्वजनिक गरेका छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै क्लासिक ३५० सिग्नल्स एडिसन मोटरसाइकल सार्वजनिक गरेको हो ।
३५० सीसी इन्जिन भएकोको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्त्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले उक्त मोटरसाइकल मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ तोकेको छ ।
सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध क्लासिक ३५० सिग्नल्स एडिसन नेपाली बजारमा आएसँगै आम ग्राहकको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले रोयल इन्फिल्डका अन्य मोडल जस्तै यो मोटरसाइकल पनि ग्राहकको आकर्षण पर्ने बताए । ‘रोयल इन्फिल्ड मोटरसाइकल नेपाली बजारमा निकै लोकप्रिय छन्, थप नयाँ मोडलको मोटरसाइकल आउँदा हामी खुसी छौं, यो मोटरसाइकलले दुई पाङ्ग्रे सवारीका प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्नेछ,’ उनले भने ।
यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव दिने कम्पनीको भनाइ छ । नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका फिचर यस मोटरसाइकलमा उपलब्ध छन् ।
यसैगरी यो मोटरसाइकलमा नयाँ पाइलट लाइट भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर पनि रहेको कम्पनीले बताएको छ । बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर रहेको छ भने पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ ।
नेपाली सडकको लागि उपयुक्त मानिएको क्लासिक ३५० सिग्नल्स एडिसन बिक्री खुल्ला भएको बताउँदै कम्पनीले रोयल इन्फिल्डको शाेरुममा गएर उक्त बाइक खरिद गर्न सकिने बताएको छ । कम्पनीका अनुसार रोयल इन्फिल्डका नेपालभर २४ वटा शाेरुम रहेका छन् ।





























प्रतिक्रिया