काठमाडौँ । आईएमई मोटर्सले एकै पटक २५ टिपर ग्राहकलाई हस्तान्तरण गरेको छ । नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सको वीरगन्ज वितरण केन्द्रबाट एकै पटक ग्राहकलाई ती टिपर हस्तान्तरण गरिएको हो ।
विशेष गरी सडक निर्माण कार्यमा प्रयोग गरिने यु २५१८ मोडलको १० चक्के टिपर हस्तान्तरण गरिएको हो । ९–स्पिड गियरबक्स, बुगी सस्पेन्सन, आरामदायी यु क्याबिन र इनलाइन फ्युल पम्प लगायतका विभिन्न विशेषता भएको सो टिपर नेपालमा धेरै प्रयोगमा आएको पाइन्छ ।
त्यसैगरी ट्रक, टिपर आदि इन्टरमिडियट कमर्सियल भेइकल छन् । यसबाहेक ठूला ट्रक र टिपर समेत छन् । नेपाली बजारमा उपलब्ध २५१८ मोडलको दस चक्के टिपर निकै नै लोकप्रिय सवारीसाधन हो । योभन्दा ठूला १२ चक्के, १ ४ चक्के ट्रक पनि नेपाली बजारमा उपलब्ध छन् ।





























प्रतिक्रिया