मुगु । मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानीय खुसी भएका छन् । सोरु गाउँपालिका वडा नम्बर ४ मा रहेको लिब्रु र रावलबाडा बस्तीहरूका सडक सञ्जाल जोडिएपछि स्थानीयबासीहरू सडक प्रयोग गर्न पाइने भयो भनेर खुसी भएका हुन् ।
विगतमा रोजिरोटीको लागि भारततिर गएपछि मात्र गाडी देखेको भए पनि अहिले गाउँमा नै सडक सञ्जाल पुगेपछि सुखी लागेको सोरु गाउँपालिका वडा नम्बर ४ लिब्रुकी स्थानीय सम्झना बिकले बताइन् ।
उनले भनिन्, ‘यसरी हाम्रो जन्म भूमिमा गाडी पुगेपछि निकै खुसी भएका छौँ, बिरामी हुँदा डोकोमा बोकेर ३,४ दिन उपचार गर्न वा अन्य सरकारी काम गर्न सदरमुकाम गमगढी ३ दिन लगाएर जाने गरेका थियौँ । अब घरको आँगनबाटै गाडी प्रयोग गर्न पाउने भयौँ । निकै खुसी लागेको छ ।’
यो सडक सोरुकोटदेखि लिब्रु नदीको किनारसम्म १३ किलोमिटर रहेको छ । कूल १ करोडभन्दा बढी रकम खर्च भएर सडकमा निमार्ण भएको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीले बताए ।





























प्रतिक्रिया