भारतीय बजारमा लन्च भयो नयाँ होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

भारतीय बजारमा लन्च भयो नयाँ होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । भारतीय बजारमा नयाँ होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटर लन्च भएको छ । पूर्ण रूपमा नयाँ लुक दिइएको यसमा स्वापेबल ब्याट्री पनि रहेको छ।

पाँच रङमा ल्याइएको होन्डा एक्टिभा इलेक्ट्रिकको डिजाइन एकदम सरल छ। यसमा एप्रोन माउन्टेड एलईडी हेडलाइट र ह्यान्डलबार काउलमा एलईडी डीआरएल जस्ता सुविधा छ ।

साइड प्यानलमा क्रिज र सिल्भर एक्सेन्ट रहेको यसको टेल सेक्सन पनि एकदम राम्रो देखिएको छ । यसमा १.५ किलोवाटको स्वाइपेबल ब्याट्री रहेको यसको क्षमता ३ किलोवाटको छ ।

यो इलेक्ट्रिक स्कुटरले फुल चार्जमा १०२ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । नयाँ एक्टिभामा ब्लुटुथ कनेक्टिभिटी, इन्कमिङ कल अलर्ट र नेभिगेसनको साथ एक टीएफटी डिस्प्ले दिइएको छ । यसको डिस्प्ले एकदमै क्रिस्प छ । यद्यपि, यसको स्क्रिन टचस्क्रिन होइन ।

सो इलेक्ट्रिक स्कुटरमा स्विङ आर्म माउन्टेड मोटर जडान गरिएको छ, जसले ६ किलोवाटको पावर उत्पादन गर्छ । यो स्कुटरले ७.३ सेकेन्डमा ०.६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ । एक्टिभा ईमा इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीन वटा मोड छ ।

सो स्कुटरको बुकिङ जनवरी २०२५ देखि सुरु हुनेछ र यसको मूल्यको घोषणा पनि सोही दिन गरिनेछ । साथै यसको डेलिभरी फेब्रुअरी २०२५ मा सुरु हुनेछ। यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टाको छ।

Logo