काठमाडौँ । लिपमोटरले प्रिमियम ईभी लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध भएको घोषणा गरेको छ ।
चितवनको भरतपुरस्थित होटल सिराइचुलीमा एक भव्य समारोहका बीच दशवटा लिपमोटर सी१० गाडी वितरण गरिएको थियो । चितवनमा एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले आधिकारिक डिलरसिपका रूपमा कार्य गरिरहेको छ ।
कम्पनीले नेपालमा बढ्दो मागसँगै उच्च स्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेर चितवनमा पनि लक्जरी इलेक्ट्रिक एसयूभी लिपमोटर सी१० उपलब्ध गराएको हो ।
लिपमोटर सी१० ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री तथा अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ।
लिप मोटरको सी१० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो र यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ भने यसले १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने सुरक्षाका लागि यसले फाइभ स्टार एनक्याप प्राप्त गरेको छ । सो गाडीले डब्लुएलटीपी अनुसार ४२० किलोमिटर रेन्ज दिन्छ ।































प्रतिक्रिया