काठमाडौँ । चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडी र चीनको सर्वाधिक ठूलो दुई पांग्रे सवारी निर्माता कम्पनीमध्ये एक टेल्जीले सहकार्य गर्ने भएका छन् ।
बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट टेल्जीका इलेक्ट्रिक मोटरसाइकल, ई–बाइक तथा स्कुटरका लागि ब्याट्री विकासमा सहकार्य गर्ने भएको हो ।
बीवाईडीसँग यसरी सहकार्य गर्ने टेल्जी पहिलो दुई पांग्रे सवारी निर्माता कम्पनी बनेको छ । सोमबार टेल्जीले आफ्नो नयाँ उत्पादन लन्च गर्न आयोजित कार्यक्रममा सो नयाँ सहकार्यको समेत जानकारी प्रदान गरिएको हो ।
टेल्जीले टु ह्विलर ब्याट्री प्रविधिमा रहेका चुनौतीहरुलाई सामना गर्नका बीवाईडी ब्याट्रीको प्रयोग गर्ने तयारीअनुसार कार्य गर्ने बताएको छ । दुवै कम्पनी मिलेर ब्याट्रीको सुरक्षामा समेत सुधारात्मक कार्य गर्ने प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बताइएको छ ।
बीवाईडी जस्तै चीनको सेन्झेनमा अवस्थित टेल्जी चीनको सर्वाधिक ठूलो दुई पांग्रे सवारी निर्माता कम्पनीमध्ये एक हो । १ करोड ५० लाख युनिट उत्पादन क्षमता भएको टेल्जीले विश्वका ९० भन्दाबढी देश र क्षेत्रमा रहेका ३० हजार स्टोरमार्फत उत्पादन बिक्री गरिरहेको छ । कम्पनीले हालै भियतनाम र इन्डोनेसियामा आरएन्डडी सेन्टर खोलेको छ ।
नेपाली बजारमा समेत टेल्जीका विद्युतीय स्कुटर उपलब्ध छन् । नेपालमा योम मा ई मोटर्सले टेल्जीका विद्युतीय स्कुटर बिक्री–वितरण गरिरहेको छ । नेपालमा साइमेक्स इंकले बीवाईडीका विद्युतीय गाडी बिक्री–वितरण गरिरहेको छ ।































प्रतिक्रिया