काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आज (मंसिर १९) गतेबाट आईपीओ बिक्री खुला गरेको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ ।
कम्पनीले बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुसको ३ गते भित्रसम्ममा आवेदन दिइसक्नु पर्ने हुन्छ । यस्तै, कम्पनीले आफ्नो कर्मचारीका लागि ३ प्रतिशत अर्थात् ६७ लाख ५० हजार रुपैयाँ बराबरको ६७ हजार ५ सय कित्ता सेयर छुट्याएको छ । ५ प्रतिशत अर्थात् एक करोड १२ लाख ५० हजार रुपैयाँको १ लाख १२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषलाई राखेको कम्पनीले जानकारी दिएको छ ।
यसैगरी बाँकी १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई छुट्याएको बताइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दिएको आवेदन बाँडफाँट पश्चात् सर्वसाधारण लागि यो आईपीओ बिक्री खुला गरिने छ ।































प्रतिक्रिया