सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को मूल्यमा सामान्य वृद्धि, नेपालमा कति पर्छ ?

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को मूल्यमा सामान्य वृद्धि, नेपालमा कति पर्छ ?

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार ई–सी३ साइनको मूल्यमा केही परिमार्जन भएको छ । सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले मूल्यमा सामान्य वृद्धि गरिएको जनाएको हो ।

नेपाली बजारमा सिट्रोन ई–सी३ का तीन भेरिएन्ट बिक्रीका लागि उपलब्ध छन् । सांग्रिला मोटर्सले सार्वजनिक गरेको मूल्य सूचीअनुसार ई–सी३ को फिल विदाउट भाइव र फिल विथ भाइव भेरिएन्टको मूल्य क्रमशः ३६ लाख ६० हजार र ३७ लाख रुपैयाँ छ । त्यसैगरी साइन विथ भाइव भेरिएन्टको मूल्य ३९ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

सिट्रोन ईसी–३ साइनमा लेदर स्टेयरिङ ह्विल, रियर भ्यु क्यामेरा, इलेक्ट्रिकलल ओआरभीएम, १५ इन्चको आकर्षक डायमण्ड कट अलोय ह्विल, फ्रन्ट र रियर स्कीड प्लेट, वाइपर र रियर डिफगर लगायत फिचर थप गरिएको छ ।

सिट्रोन ईसी–३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दावी छ । यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । साथै यसमा पोर्टेवल चार्जिक केवल समेत पाउन सकन्छि ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ । युरो एनक्यापको सेफ्टी टेष्टमा ४ स्टार रेटिङ पाउन सफल ईसी–३ मा फ्रन्ट ड्युअल एयरब्याग, एबीएस र इबीडी लगायत अन्य धेरै सेफ्टी फिचर समेत पाउन सकिन्छ । यसैगरी, टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।

Logo