प्रतिस्पर्धीको रूपमा देखिँदै एमजी४ ईभी र बीवाईडी डल्फिन, कुनको के फिचरमा छन् अन्तर ?

प्रतिस्पर्धीको रूपमा देखिँदै एमजी४ ईभी र बीवाईडी डल्फिन, कुनको के फिचरमा छन् अन्तर ?

केन्द्रबिन्दु
66
Shares

काठमाडाैं । नेपालमा एकपछि अर्को नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) गाडी आउने क्रम जारी छ । जसले नेपाली अटो बजारलाई तताएको मात्र छैन, प्रतिस्पर्धालाई पनि बढाउँदै लगेकाे अवस्था छ । साथै, आधिकारिक वितरक कम्पनीहरूले यहाँ सार्वजनिक गरी बिक्री गर्दै आएका आएका ईभी गाडीहरूमा मान्छेको चासो निकै देखिन्छ । आयातमा शुल्क औसत बनाउनु, बैंक कर्जा सुविधाहरू र कर छुट जस्ता प्रोत्साहनका उपायहरू सरकारले लागू गर्दा ईभीमा सबैको ध्यान केन्द्रित भएको हो । यसले उपभोक्ताहरूलाई इलेक्ट्रिक गाडीको तर्फ आकर्षित गरेको छ र प्रतिस्पर्धा बढाएको छ ।

नेपालमा ईभीको प्रयोग बढ्दै गएको विषयलाई मध्यनजर गर्दै निजी र सरकारी संस्थाहरूले चार्जिङ स्टेशनको स्थापना गरिरहेका छन् । जसले प्रतिस्पर्धा गरेको ब्रान्डहरूको गाडीलाई अधिक पहुँचयोग्य र सुविधाजनक बनाइरहेको छ ।
पेट्रोल वा डिजेल गाडीहरूको तुलनामा ईभी गाडीहरू चलाउन सस्तो पर्छ, यसले दीर्घकालिक रूपमा खर्चमा बचत गर्न मद्दत पुर्याउने र हरित ऊर्जा यातायात प्रोत्साहनका नीति लिइराख्दा ईभी गाडीको बजारमा र माग वृद्धि हुने देखिन्छ ।

नेपालमा आएका र सडकमा निकै उपस्थिति देखिने गाडी हुन्, एमजी४ ईभी र बीवाईडी डल्फिन । मूल्यका हिसाबले पनि धेरै अन्तर नरहेकाे एमजीको गाडी पारामाउन्ट मोटर्स र बीवाइडी गाडीको साइमेक्स इन्कले बिक्री गर्दै आएकाे छ ।
चिनियाँ ब्रान्डको यी प्रतिस्पर्धी गाडी नेपालमा ल्याउन र बिक्री गर्नमा दुई कम्पनीबीचको रोचक प्रतिस्पर्धा छँदैछ । एमजी४ ईभी र बीवाईडी डल्फिन अहिले नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडी भित्र पनि पर्छन् । ३४ हजार रुपैयाँ मात्रको अन्तर रहेको यो गाडीको के छन् त विशेषता त्यो हेरौं ।

‘बीवाईडी डल्फिन’

नेपालमा यो गाडी सार्वजनिक भएको करिव एक वर्ष भयो । नेपालमा आएपछि नै आमग्राहकको छनोटमा परेको यो गाडी चढ्नेहरूकाे संख्या निकै उच्च भइसकेको छ । यसले बीवाईडी डल्फिनको प्रयोगमा निकै अगाडि रहेको देखाउँछ । डल्फिन ईभी गाडीमा ४४.९ किलोवाट आवर (युनिट) को ब्याट्री जडान भएको छ भने ७० किलोवाट क्षमताको मोटर राखिएको छ ।

लिथियम–आयन ब्याट्री जडान भएको यस गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिन्छ । नयाँ डिजाइन र आकर्षक लुक्स रहेको यो गाडी ग्राउन्ड क्लियरेन्स भने १८५ मिलिमिटर छ । गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्ड जस्ता सुविधाहरू रहेका छन् । कम्पनीले सो गाडी ४ वटा रङमा उपलब्ध रहेको बताएको छ । गाडीमा १६ इन्चको अलोय ह्विल छ भने ह्विलबेस २ हजार ७ सय एमएम रहेको छ । त्यस्तै, विभिन्न विशेषता रहेको यो गाडीको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा अहिले यो गाडीको माग बढ्दो रहेको पनि बताइन्छ ।

एमजी४ ईभी कम्फर्ट

नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरूको भीडमा आफ्नो बलियाे उपस्थिति जनाउँदै आएको एमजी४ ईभी कम्फर्ट नेपालमा आएसँगै आम प्रयोगकर्ताबीचमा निकै लोकप्रिय छ । जसको मूल्य भने कम्पनीले ४१ लाख ४९ लाख रुपैयाँ तोकेको छ । याे गाडी कम्फर्ट र लक्जरी गरी दुई वटै भेरिएन्टमा उपलब्ध छ । कम्फर्ट तुलनामा लक्जरी भने केही महँगो छ ।

एमजी–४ को कम्फर्ट भेरिएन्टमा ५१ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर एवं लक्जरी भेरिएन्टमा ६४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट मोटर पाउन सकिन्छ । सिंगल चार्जमा यसले ४३५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

हेर्दा निकै नै आकर्षक देखिने एमजी–४ ‘युके कार अफ द इयर–२०२३’ बाट सम्मानित ईभी हाे भने यसले युरो एनक्यापमा ५ स्टार रेटिङ हात पारेको छ । यो ईभीको प्रमुख विशेषताका रूपमा इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभलाई लिने गरिएको छ ।

यो फिचर नेपाली बजारमा उपलब्ध यही सेग्मेन्टका अन्य ईभीमा पाउन नसकिने कम्पनीको दाबी गर्दै आएको छ । यात्रुहरूको सुरक्षाका लागि यसमा रियर आइसोफिक्स, रिभर्स क्यामेरा, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर दिइएको छ ।

Logo