हरेक संस्थामा किन बढ्दैछ ईभी भ्यानको लोकप्रियता ?

हरेक संस्थामा किन बढ्दैछ ईभी भ्यानको लोकप्रियता ?

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । पछिल्लोसमय नेपालमा ईभी भ्यानहरू विभिन्न शैक्षिक संस्था र होटलहरूका लागि पहिलो छनोट र प्राथमिकतामा पर्न थालेका छन् । सञ्चालन लागत घटाउनेदेखि इन्धन र मर्मतसम्भार खर्चहरू पनि कम गर्ने हुनाले यसले संस्थाहरूलाई आर्थिक रूपमा पनि आकर्षक विकल्प प्रदान गरेको छ।

फोटोनका ईभी भ्यानका अघिल्ला संस्करणहरूले एउटै शैक्षिक सत्रमा १०० भन्दा बढी इकाईहरू बिक्री भई विद्यालय यातायातको लागि सबैभन्दा भरपर्दो र रूचाइएको ईभी भ्यानको रूपमा आफूलाई प्रमाणित गरिसकेको छ। उपत्यकाका युरो स्कुल, युनाइटेड, संस्कृति, हेराल्ड कलेज, टेक्सास इन्टरनेशनल कलेज, जेम्स, काठमाडौं वर्ल्ड स्कुल लगायत देशभरका विभिन्न विद्यालयले विद्यार्थीको यातायातका लागि फोटोनको ईभी सञ्चालन गर्दै आएका छन्।

फोटोनको नयाँ संस्करण माउन्टेन ईभीमा सबैभन्दा उन्नत सुरक्षा सुविधाहरू समावेश छन् ।

हालै जारी भएको फोटोनको नयाँ संस्करण माउन्टेन ईभीमा सबैभन्दा उन्नत सुरक्षा सुविधाहरू समावेश गरिएको छ । नेपालमा पहिलो पटक भित्रिएको यस गाडीले आरामदायी र सुरक्षित ड्राइभिङको भरोसा दिलाउँछ । नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।

यसमा भएको अटो होल्ड कन्ट्रोल ईभी श्रेणीमा उत्कृष्ट र नेपालमा पहिलो पटक भित्रिएको हो । साथै यसका स्मार्ट पार्किङ, दुई ड्राइभिङ मोडहरूः इको र पावर, हिल होल्ड कन्ट्रोल, आर१६को टायर साइज पनि आफ्नो श्रेणीमा उत्कृष्ट र नेपालमै पहिलो पटक उपलब्ध हुनेछन्।

इन्धन र मर्मतसम्भार खर्च पनि कम गर्ने हुनाले ईभी भ्यान पहिलो छनोट र प्राथमिकता बन्न थालेको छ ।

व्यक्तिगत सिट बेल्ट, रिक्लाइनिङ सिटरबेन्च सिटहरू, गाडीको सुरक्षा र नियन्त्रणका लागि इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसनसँगै एन्टी लक ब्रेकिंग सिस्टम, रिभर्स राडार, रिभर्स क्यामेरा भएको इन्फोटेनमेन्ट प्रणाली, ढोका खुल्ला भएको चेतावनी दिने प्रणाली, पावर विन्डोज, सेन्ट्रल लकिंग प्रणाली जस्ता सुरक्षा र सुविधाका विभिन्न फिचरहरू यस भ्यानमा उपलब्ध छन्।

माउन्टेन ईभीमा स्पोर्ट्स कारको बकेट सिट जस्तै प्रिमियम स्टिचिङ र हेडरेस्टसहितको आधुनिक र सुसज्जित इन्टेरियर भएको लक्जरी क्याबिन पनि रहेको छ । उच्च गुणस्तरको सजिलो पकड र सुविधाजनक बटनहरू भएको प्रिमियम स्टीयरिङ ह्वील पनि यस गाडीमा उपलब्ध छन् । यसमा मल्टिमिडिया सुविधाहरू भएको उन्नत स्क्रिन सहितको डिस्प्ले छ भने सानो एनालग स्क्रिन भएको डुअल रिङ इन्स्ट्रुमेन्ट प्यानलले इन्फर्मेसन डिस्प्लेको काम गर्दछ।

माउन्टेन ईभीमा भएको अटो होल्ड कन्ट्रोल ईभी श्रेणीमा उत्कृष्ट र नेपालमा पहिलो पटक भित्रिएको हो ।

रेन्ज, पावर, गति र गियर देखाउने यो डिस्प्लेले रातको समयमा पनि राम्रोसँग उज्यालो प्रदान गर्छ ।

यस माउन्टेन ईभीमा ५३‍.५८ किलोवाट आवरको ब्याट्री समावेश छ । एक पटकको पूर्ण चार्जमा यो कारले ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्ज दिन्छ । साथै, यसमा १३० किलोवाट आवरको अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ । योसँगै यसमा प्रिमियम स्पोर्ट्स कारमा हुने जस्तो आरामदायी सिट रहेको छ भने यस गाडीले सबै यात्रुहरूका लागि पर्याप्त खुट्टा राख्ने र टाउको अड्याउने फराकिलो ठाउँ पनि उपलब्ध गराउँछ।

Skip This
Skip This
Logo