चेतक इलेक्ट्रिक स्कुटरको अपडेटेड मोडल लन्च गर्दै बजाज

चेतक इलेक्ट्रिक स्कुटरको अपडेटेड मोडल लन्च गर्दै बजाज

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको अपडेटेड मोडल लन्च गर्ने भएको छ । नयाँ संस्करणको स्कुटर डिसेम्बर २० मा लन्च गरिने भएको हो ।

चेतक इलेक्ट्रिक स्कुटरमा नयाँ बडी फ्रेम प्रयोग गरिने छ । नयाँ संस्करणमा स्कुटरको अन्डर सिट स्टोरेज २२ लिटरसम्म बढाउन सकिन्छ ।

यसमा नयाँ ब्याट्री प्याकका साथै थप रेन्ज पनि पाइनुका साथै बडी कलरको रियर भ्यू मिरर, साटिन ब्ल्याक ग्र्याब रेल, मिल्दो पिलियन फुटरेस्ट र चारकोल ब्ल्याक फिनिशदेखि हेडल्याम्प केसिङ हुने अनुमान गरिएको छ ।

स्कुटरमा डिस्क ब्रेक, अलोय ह्विल, एलईडी लाइटिङ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र आईपी६७ रेटेड वाटरप्रुफ ब्याट्री उपलब्ध हुनेछ । ब्रेकिङका लागि दुवैतिर ड्रम ब्रेक छ भने नयाँ मोडलमा डिस्क ब्रेक सेटअप पनि हुनेछ ।

स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, कल अलर्ट र कलरफुल टीएफटी डिस्प्ले, फलो मी होम लाइट र ब्लुटुथ एप दिइनेछ । साथै स्कुटरले हिल–होल्ड कन्ट्रोल र एक्स्ट्रा स्पोर्ट राइड मोड पनि हुनेछ ।

हाल बजाज चेतक ३ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ९६ हजार भारुदेखि १ लाख २९ हजार भारुसम्म रहेको छ । नयाँ मोडलको मूल्य १ लाख भारुमा लन्च हुने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo