सिप्रदी ट्रेडिङद्वारा तीन दिने एक्सचेन्ज क्याम्प आयोजना

सिप्रदी ट्रेडिङद्वारा तीन दिने एक्सचेन्ज क्याम्प आयोजना

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले १२ः१२ एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

बिहीवारबाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर टाटा टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने कम्पनीले जनाएको छ ।

यो एक्सचेन्ज क्याम्प देशैभर रहेका शोरुमहरुमा आयोजना हुने छ । मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।

कार्यक्रममा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् । टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ समेत गर्न पाइने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo