हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक

हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक

केन्द्रबिन्दु
228
Shares

काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले दुईवटा नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमका आयोजना गर्दै कम्पनीले हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य. ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ । सीबीएस भेरियन्टको एक्स्ट्रिम १२५ आरको २ लाख ८९ हजार ९०० र एबीएस भेरियन्टकबो ३ लाख ११ हजार ९०० रुपैयाँ मूल्य निर्धारण कम्पनीले गरेको छ ।

यी दुवै मोडेल नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कुटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ।

बाइक सार्वजनिक गर्ने क्रममा हिरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले यो मोटससाईक उत्कृष्ट लुक्सका साथ आकर्षक पर्फमेन्स रहेको बताए । ‘नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै, नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य हो, ‘नयाँ नेपालको नयाँ हिरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादन बजारमा ल्याउँदा खुसी छौं,’ उनले भने । आधुनिक फिचर समावेश भएका यी मोटरसाइक नेपाली ग्राकको रोजाइमा पर्ने पनि भानले विश्वास व्यक्त गरे ।

यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर ल्याउन पाउँदा उत्साहित रहेको बताए । यी दुवै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्ण रूपमा मेल पनि चौधरीले जानकारी दिए । ‘आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन मार्फत यी मोडेलहरूले ग्राहकहरूको यात्रा अनुभवलाई पुनः परिभाषित गर्नेछन्,स्टाइलिश शैली र उत्कृष्ट क्षमता मार्फत एक्स्ट्रिम मोटरसाइकलले शहरी यात्री तथा एड् भेन्चर प्रेमीहरू दूबैको आवश्यकतालाई सम्बोधन गर्नेछ,’ उनले भने ।

एक्स्ट्रिम १६० आर फोरभी
एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ ।

यो मोटरसाइकलले ०–६० किलोमिटर प्रतिघण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका आएको तीव्र गतिको यो मोटरसाइकलमा ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता पनि दिइएको छ ।

यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्ने कम्पनीले बताएको छ । एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिट दिएइएको छ ।

यस मोटरसाइकलमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर रकल/एसएमएस अलर्ट लगायत सुविधाहरू पनि दिइएको छ ।

एक्स्ट्रिम १२५ आर
एक्स्ट्रिम १२५ आर निकै आकर्षक लुक्स भएको मोटरसाइकल हो । १२५ सीसी यो मोटरसाइकलमा ११.४ बीएचप पावर उत्पादन गर्छ । यस मोटरसाइकलले ०–६० किलोमिटर प्रतिघण्टा कि.मी. प्रतिघण्टा केवल ५.९ सेकेन्डमा पुर्याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो ।

एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।

यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा तय गर्छ ।

सुरक्षाका लागि यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छ । फायरस्टोर्म रेड, कोबाल्ट ब्लु र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङ एक्स्ट्रिम १२५ आर उपलब्ध छ । आधुनिक विशेषता बोकेको यो मोटरसाइकल नयाँ पुस्ताका राइडरहरू माझ लोकप्रिय बन्ने विश्व कम्पनीले लिएको छ ।

Skip This
Skip This
Logo