काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको बिक्री मूल्य तोकेको छ । संघको बैठकले आजदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य ताकेको हो ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रतिक्रेटको मूल्य ४७० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ४८५ रुपैयाँ तोकिएको छ । चितवनलाई आधार मानी मूल्य निर्धारण गरिएकाले चितवनबाट लोड भई देशैभरको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिक्रेट १४० रुपैयाँ थप लाग्ने संघले जनाएको छ ।





























प्रतिक्रिया