काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र बुझ्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्त्वपूर्ण अङ्गका रूपमा बुझ्नलाई आग्रह गरेका हुन् ।
उनले भने,‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रूपमा व्यवसायको मात्र अर्थमा बुझ्नुहुँदैन । यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्त्वपूर्ण अङ्ग हो । त्यसैले मुनाफाका लागि व्यवसायको रूपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रूपमा म सम्मान गर्न चाहन्छु ।’
उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनका लागि सरकारले पहल गर्ने पनि प्रतिबद्धता जनाए ।
उनले भने,‘अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि नियमावली बन्नुपर्छ । र यो छिटो कार्यान्वयनमा आउनुपर्छ भन्ने माग छ । यसतर्फ सरकारको ध्यान जाने छ ।’
अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरूमा घरजग्गा कारोबारमा आएको संकुचनलाई अन्त्य गर्ने पहलमा सरकार रहेको बताए ।





























प्रतिक्रिया