काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
सोमबार तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।































प्रतिक्रिया