एजेन्सी । जापानका दुई ठूला अटो कम्पनी निशान मोटर र होन्डा मोटर मर्जरको तयारीमा छन् । विशेषगरी ईभी खण्डमा चीनको कडा चुनौतीले जापानको दोस्रो र तेस्रो स्थानमा रहेका अटो कम्पनीहरूलाई मर्ज गर्न बाध्य बनाएको हो ।
रोयटर्सको रिपोर्टका अनुसार दुई कम्पनीले होल्डिङ कम्पनी बनाउन वार्ता गरिरहेका छन् । मित्सुबिशी मोटर पनि यसमा समावेश गर्न सकिने बताइएको छ । एक अर्कासँग प्रतिस्पर्धा गर्नुको सट्टा एक अर्कासँग मर्ज गर्न चाहेको कम्पनीको भनाइ छ । यसले यसको लागत घट्ने र मार्जिन बढाउने यी दुई कम्पनीको विश्वास छ ।
यी कम्पनीहरूको झन्डै ५० अर्ब डलर पुँजीको रहेको छ । यो मर्जरबाट निसानलाई सबैभन्दा बढी फाइदा हुनेछ ।
गत महिना कम्पनीले ९ हजार रोजगारी कटौती र उत्पादन क्षमतामा २० प्रतिशत कटौतीको घोषणा गरेको थियो । यसका बाबजुद पनि कम्पनीको सञ्चालन मार्जिन ०.४ प्रतिशत रहेको अनुमान गरिएको छ ।
यद्यपि होन्डा अलि राम्रो स्थितिमा छ । यसको सञ्चालन मार्जिन ४.६ प्रतिशत हुने अपेक्षा गरिएको छ। । मार्चमा यी दुवै कम्पनीले ईभीका लागि रणनीतिक साझेदारीको सम्भावना खोज्न सहमत भएका थिए । चीनमा ईभी कारको उत्पादन बढेपछि मानिसहरू पेट्रोल र डिजेलका कार छोडेर विद्युतीय कारतर्फ लागेका छन् ।
दुवै कम्पनीले मर्जरका विषयमा आफूहरुबीचको वार्ता प्रारम्भिक चरणमा रहेको र सम्झौतामा पुग्ने कुनै ग्यारेन्टी नभएको बताए । तर, होन्डा र निसानबीचको मर्जर सहज नहुने विज्ञहरू बताउँछन् । यसको कारण ठूलो संख्यामा मानिसहरूले आफ्नो जागिर गुमाउन सक्छन् । साथै, मित्सुबिशीलाई पनि यो साझेदारीमा समावेश गर्न सकिन्छ । यस कम्पनीको सबैभन्दा ठूलो सेयर होल्डर निसान हो । यो खबरपछि निसानको सेयर २० प्रतिशत र मित्सुबिसीको १३ प्रतिशतले बढेको छ । तर, होन्डाको सेयर २ प्रतिशतले घट्यो छ ।
नोभेम्बरमा विश्वव्यापी ईभी बिक्रीमा चीनको हिस्सा लगभग ७० प्रतिशत थियो । चीनको उदयका कारण होन्डा र निसान एकसाथ आउँदैछन् । गत वर्ष दुवै कम्पनीको विश्वव्यापी बिक्री ७४ लाख युनिट थियो तर चीनबाट आएको सस्तो ईभीका कारण उनीहरू समस्यामा परेका छन् । अक्टोबरमा बिक्रीको आधारमा चिनियाँ कम्पनी बीवाईडीले पहिलो पटक टेस्लालाई उछिनेको थियो ।































प्रतिक्रिया