ठूला चुनौतिहरू जित्दै नेपाली बैंकिङ क्षेत्र सुरक्षित छः गभर्नर अधिकारी

ठूला चुनौतिहरू जित्दै नेपाली बैंकिङ क्षेत्र सुरक्षित छः गभर्नर अधिकारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरू जित्दै गएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै अधिकारीले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन बैंकरहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर सुरक्षित भएको हो, कोरोनालगायत विश्वव्यापी समस्यामा पनि बैंकिङ क्षेत्र खरो बनेर उभिएको कारण नै आज हामी सुरक्षित छौँ ।’

साथै, गभर्नर अधिकारीले पछिल्लो समय पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढिरहेको बताए । उनले कयौँ उतारचढाव र चुनौतिका बाबजुद नेपालमा बैंकिङ क्षेत्र स्थिर रहेको दाबी गरे ।

उनले भने, ‘ऋणको साँवा–ब्याज उठ्न गाह्रो भइरहेको छ । यद्यपि, प्रोभिजन बलियो भएकाले बैंकलाई सुरक्षित बनाउन मद्दत पुगेको छ । प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचाएको छ, भूकम्प र कोरोना महामारी जस्ता चुनौति भोग्नु पर्‍यो, तर राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न काम गरिरहेको छ । यस्ता कयौँ कठिन परिस्थितिमा पनि कुनै ठूलो क्षति हुन दिएनौँ ।’

Logo