हुन्डाईको क्रेटा ईभी आउने भएपछि नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन विस्तार गरिँदै

हुन्डाईको क्रेटा ईभी आउने भएपछि नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन विस्तार गरिँदै

केन्द्रबिन्दु
111
Shares

काठमाडौँ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन विस्तार गर्ने भएको छ ।

नेपाली बजारमा मास मार्केट ईभीको रूपमा लिइएको हुन्डाईको क्रेटा ईभी आउने भएपछि कम्पनीले चार्जिङ स्टेशन विस्तार गर्न लागेको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको कोना ईभी र आयोनिक ५ बिक्री वितरण गरिरहेकोमा फागुन पहिलो हप्तासम्म क्रेटा ईभी पनि ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

हुन्डाईले नेपालमा हाल ४५ वटा एसी चार्जिङ स्टेशन गरी सञ्चालनमा ल्याएको छ । कम्पनीका जनरल म्यानेजर दीपक थपलियाका अनुसार आगामी जनवरीभित्रै नेपालको मुख्य राजमार्गका ३ स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्न लागिएको छ । देशका अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणका लागि अध्ययन भइरहेको उनले जानकारी दिए ।

कम्पनीका अनुसार निर्माण गर्न लागिएको डीसी फास्ट चार्जिङ स्टेशन १०० किलोवाट क्षमताको डबल गन रहने छ । अर्थात् एकैपटक दुईवटा ईभी चार्ज गर्न सकिनेछ ।

हुन्डाईले अहिले देशका विभिन्न सहरहरूमा होटल, मल तथा शोरुमलगायत ४५ स्थानमा ७ देखि २२ किलोवाटको एसी चार्जिङ पोइन्ट निर्माण गरेको छ ।

Logo