भोलिदेखि विन्टर कार्निभल हुँदै, दश लाखसम्मको एक्सचेन्ज बोनस पाइने

भोलिदेखि विन्टर कार्निभल हुँदै, दश लाखसम्मको एक्सचेन्ज बोनस पाइने

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘विन्टर कार्निभल–२०२४’ आयोजना गर्ने भएको छ ।

उक्त कार्निभलमा एमजी सहित माज्दा, म्याक्सस र वुलिङ ब्रान्डका कार प्रदर्शन गरिनेछ । कार्निभल बालुवाटरस्थित सिल्भर ओकमा पुष ५ देखि ७ गतेसम्म आयोजना हुन लागेको हो ।

कार्निभलमा पुरानो गाडी दिएर एमजी, माज्दा, म्याक्सस र वुलिङको जनुसुकै कार सट्टापट्टा गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी सट्टापट्टा गर्दा १० लाखसम्मको एक्सचेन्ज बोनस पाइनेछ ।

कार्यक्रमस्थलबाटै गाडी खरिद गर्न चाहने ग्राहकका लागि तत्कालै फाइनान्स सुविधा उपलब्ध हुने जनाइएको छ । यसैगरी, सहभागीले टेष्ट ड्राइभ, म्युजिक पर्फमेन्स, फुड एन्ड स्न्याक्स र विभिन्न मनोरन्जनात्मक कार्यक्रको मज्जा समेत लिन पाउनेछन् । बच्चाका लागि छुट्टै किड्स प्ले जोनको समेत व्यवस्था मिलाइएको छ ।

Skip This
Skip This
Logo