काठमाडौं पुरानो बसपार्कमा निर्माणाधिन टावरमा अनियमितता भएको गुनासो

काठमाडौं पुरानो बसपार्कमा निर्माणाधिन टावरमा अनियमितता भएको गुनासो

केन्द्रबिन्दु
171
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुरानो बसपार्कमा निर्माण सुरु गरिएको व्यापारिक टावर निर्माणका लागि भवन निर्माणको नक्सा पासमा अनियमितता भएको पाइएको छ ।

महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार कामपाको आधिकारिक नक्सा पास प्रणालीबाट स्वीकृत भएको छैन ।

भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको प्रवक्ता मानन्धरले बताए । उक्त विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जोकसैलाई कानून बमोजिम कारवाहीका लागि सिफारिस गर्न उनले माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७२÷४÷२३ मा राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरि २०७२÷५÷६ मा प्लिन्थ लेभल सम्म नक्सा पास भएको मिति २०७३÷४÷३० मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच निर्माणको अवधि पाँच वर्ष सहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षिय सम्झौता समेत भएको देखिएको थियो । साथै मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच मिति २०७३ बैशाख १३ मा कामपाले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।’

Logo