काठमाडौं । दश रुपैयाँ दरको पोलिमर नोट छपाइमा भएको भ्रष्टाचारमा मुछिएका नेपाल राष्ट्र बैंकका पुर्वगभर्नर तिलक रावल रिहा भएका छन् । १० लाख रुपैयाँ धरौटी बुझाएर उनी थुना मुक्त भएका हुन् ।
सोमबार विशेष अदालतका भएको थुनछेक वहसपछि अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशद्धय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । रावलले अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
करिब १६ वर्ष पुरानो अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाईमा भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही पुस ५ गते रावल, राष्ट्र बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट भनिएका हिमालयबहादुर पाण्डेविरूद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो ।
उनीहरु तीनैजनाविरुद्ध अख्तियारले ९१ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा चलाएको थियो । मिलेमतो गरेर स्थानीय एजेन्टमार्फत् अवैध लेनदेन गरी गुणस्तरीहन पोलिमर नोट छापिएको दाबीसहित अख्तियारले अनुसन्धान थालेको थियो ।































प्रतिक्रिया