काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन ३ सयले बढेको हो । विहिबार १ हजार ६ सयले बढेको थियो । आज सुन ९२ हजार ९०० मा कारोबार भइरहेको छ । यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो ।
गत हप्ता पनि सुनको मूल्यमा गिरावट आइरहेको थियो । साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । बुधबार पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो । विहिबार पनि त्यहि मूल्यमा कारोबार भएको सुन शुक्रबार ९१ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ९ सय र तेजाबी सुनको मूल्य ९२ हजार ४५० कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढ्दै १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया