‘द वन्डरल्यान्ड विन्टर’ कार्निभल कार्यक्रमको घोषणा

‘द वन्डरल्यान्ड विन्टर’ कार्निभल कार्यक्रमको घोषणा

केन्द्रबिन्दु
3
Shares

ललितपुर । द वन्डरल्यान्ड गेम जोनले ‘वन्डरल्यान्ड कार्निभल’को घोषणा गर्न गइरहेको छ । यो कार्निभल कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म आयोजना हुनेछ ।

यहाँ परिवार र साथीहरूसँग आउन सकिनेछ । जहाँ अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लाजको उपस्थिति, बिङ्गो सत्र, लक्की ड्र, खेल प्रतियोगिता, खाने चुनौति, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू र डिस्को नाइट जस्ता रोमाञ्चक गतिविधिहरू हुनेछन् ।

कार्यक्रमअन्तर्गत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्यान्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको छ । वन्डरल्यान्डले देशभर लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न पनि सफल भएको छ ।

यो कर्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउँदै भविष्यमा पनि वन्डरल्यान्डमा यस्ता उत्सव र मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणा साथै विभिन्न कार्यक्रम मार्फत झन सशक्त र सुधार गर्दै जाने बताइएको छ ।

नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् । गो–कार्टिङ गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिहरूले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुगाएका छन् ।

मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस् वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ ।

Logo