गरिमा क्यापिटलको गरिमा समृद्धि योजनाको आजदेखि सार्वजनिक निष्काशन खुला

गरिमा क्यापिटलको गरिमा समृद्धि योजनाको आजदेखि सार्वजनिक निष्काशन खुला

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । गरिमा क्यापिटलले गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँको १० करोड इकाइ सार्वजनिक रूपमा निष्काशन गरेको हो ।

यसमा १४ प्रतिशत अर्थात् १ करोड ४० लाख एकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख एकाइ योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख एकाइ सर्वसाधरणका लागि छुट्याएको छ ।

फण्डमा न्यूनतम् १०० देखि अधिकतममा १ करोडसम्मका लागि आवेदन दिनुपर्ने बताइएको छ । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो ।यसमा लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिने बताइएको छ ।

Skip This
Skip This
Logo