आइएमई पेबाट ट्राभल बुकिङमा एक सय प्रतिशत क्यासब्याकको अफर

आइएमई पेबाट ट्राभल बुकिङमा एक सय प्रतिशत क्यासब्याकको अफर

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । आइएमई पेले आउँदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारेर ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ।

पुष ५ गतेदेखि पुष १७ गतेसम्म १३ दिनका लागि चल्ने अफरअन्तर्गत सेवाग्राहीहरूले आइएमई पेमार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १०० प्रतिशत क्यासब्याक जित्ने मौका पाउनेछन्।

अफर अवधिभर हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मूल्यको १०० प्रतिशत क्यासब्याक जित्ने मौका रहेको छ । विजेताहरू दैनिक लक्की ड्र मार्फत छानिनेछन्।

‘यस्ता ग्राहकमैत्री अफरहरू प्रदान गरेर हामी हाम्रा सेवाग्राहीहरूका लागि कुनै पनि चाडपर्व र सिजनलाई अझ विशेष बनाउने आशा गर्दछौँ । हामी सबैलाई यस अवसरको फाइदा उठाउन र डिजिटल भुक्तानीको सुविधा र फाइदाहरू अनुभव गर्न प्रोत्साहित गर्दछौँ ।’ आइएमई पेका एक अधिकारीले भने ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

Skip This
Skip This
Logo