काठमाडाैं । होन्डा एनएक्स २०० बाइकको टेस्ट राइड सम्पन्न भएको छ। होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले आयाेजना गरेकाे होन्डा एनएक्स २०० बाइकको विशेष मिडिया टेस्ट राइड कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे हो ।
“फ्रम सिटी लाईट्स टु माउन्टेन हाईट्स, राईड इट अल’ भन्ने मुख्य नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधि, इन्फ्लुएन्सर र बाइकरहरुको बाक्लो उपस्थिती रहेको थियो । ३० जनाभन्दा बढी सहभागी टेस्ट राइड होन्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तिवनको जङ्गल पार गर्दै हात्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुङ्गिएको थियो ।

२०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराईट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड पनि प्रदान गर्दछ । यो बाइक पछिल्लो समय नेपाली बजारमा ४ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आइरहेको छ।
अफरोड र सिटी दुवै एरियाका लागि उपयोगी यो बाइक विशेषगरी युवा पुस्ताको पहिलाे राेजाई बनेको छ । यस बाइकमा १८४.४ सीसी क्षमताको इन्जिनका साथै १२ लिटरसम्म पेट्रोल स्टोरेज पनि रहेको छ । ग्राउन्ड क्लियरेन्स १६७ एमएमको रहेको यस बाइकमा म्याक्स पावर १२.७ किलोवाट र १६.१ एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार यो बाइकले प्रतिलिटर ४५ किलोमिटर माइलेज दिनेछ ।





























प्रतिक्रिया