काठमाडौं । क्रिमसन टेक प्रालि इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ को विजेता बनेको छ । इन्ड्राइभ आइसिटी अवार्ड २०२४ अन्तर्गत इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड विधाको विजेता क्रिमसन टेक बनेको हो ।
आइसिटी अवार्डसँग शीर्ष प्रायोजकको रूपमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको इन्ड्राइभले जनाएको छ । आइसिटी अवार्डले सन् २०१६ देखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएका स्टार्टअप, व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन तथा सम्मान गर्दै आएको छ ।
इन्ड्राइभकी एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भनिन्, “इन्ड्राइभले आईसीटी अवार्ड २०२४ सँग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेको छ । इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धिहरूलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं साथै हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२४ को विजेता “क्रिमसन टेक प्रालि” लाई पनि हार्दिक बधाई दिन चाहन्छौं ।”
आईसीटी अवार्ड उदीयमान प्रतिभाहरूको पहिचान र प्रदर्शन गर्न, उनीहरूलाई उद्योगमा महत्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्ने भूमिकाका लागि प्रख्यात रहेको छ । इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजनसहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ ।
आईसीटी अवार्ड २०२४ का अध्यक्ष राजन लम्सालले भने, “हामी इनड्राइभलाई आईसीटी अवार्ड २०२४ को “टाइटल पार्टनर”को रूपमा अनबोर्ड गर्न पाउँदा उत्साहित छौँ । प्रविधिको उन्नतिप्रतिको इनड्राइभको प्रतिबद्धता, आईसीटी सेक्टरमा नवीन स्टार्टअपहरूलाई पहिचान र उत्थान गर्ने लक्ष्य र हाम्रो लक्ष्यसँग पूर्णरूपमा मेल खान्छ । इनड्राइभको सहयोगले निस्सन्देह यस वर्षको अवार्डको सफलतामा योगदान पुर्याएको छ, र हामी विश्वव्यापी रूपमा उत्कृष्ट स्टार्टअपहरूको वृद्धि र पहिचानलाई थप प्रोत्साहन दिने सहयोगी प्रयासको लागि तत्पर रहेका छौं, साथै अवार्ड समारोहमा १५ वटा अवार्ड विधाहरू रहेका थिए र सातवटै प्रदेशका लागि विशेष मान्यता अवार्डहरू रहेका थिए ।”































प्रतिक्रिया