काठमाडाैं । नेपाल ल्युब आयल लिमिटेडले बिरगंजमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी “ड्राइभिङ पार्टनरसीप फ्युलिङ सक्सेस” नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ ।
कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंजका नगर प्रमुख राजेशमान सिंह थिए ।
सो कार्यक्रममा विशेष अतिथिको रुपमा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल र बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको उपस्थिति थियो । सो कार्यक्रममा गल्फ इन्टरनेशनलका केदार रेदे, निर्यात प्रबन्धक, प्राविधिक डिभिजनका उपमहाप्रबन्धक तपस चक्रवर्ती, सहायक प्रबन्धक अम्लान मल्लको उपस्थिति थियो ।
सो कार्यक्रममा गल्फ इन्टरनेशनलका प्रतिनिधिहरुले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेंटको प्राविधिक पक्षमा चर्चा गर्दै, स्टिल, सिमेन्ट, निर्माण, खानी लगायतका औद्योगिक क्षेत्रका लागि गल्फ लुब्रिकेंट किन उपयुक्त छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरेका थिए। सो कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रका १३० भन्दा प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।
साे अवसरमा कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईले भने, “नेपाल ल्यूब आयलले विगत ४० वर्षदेखि बहुराष्ट्रिय गल्फ ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा स्वदेशमै उत्पादन गर्दै आएको छ । आगामी दिनहरूमा, कम्पनीले सिंथेटिक उत्पादनहरू उत्पादन गर्न आफ्नो क्षमता विस्तार गर्ने योजना अघि सारेको छ । यसका लागि आवश्यक अत्याधुनिक प्रयोगशाला र परीक्षण सुविधाहरूको पनि विस्तार गरिरहेको छ । यो पहलका माध्यमबाट, औद्योगिक प्रतिष्ठानहरूले उच्च गुणस्तरका उत्पादनहरू सरल र सहज रूपमा सेवा लिन सक्नेछन्। उत्पादनको गुणस्तर र लामो ड्रेनेज क्षमता प्रदान गर्न सक्षम भएकोले, गल्फ लुब्रिकेंतको प्रयोगले उद्योगहरूको कुल लागत घट्नेछ र मेसिनहरूको आयु पनि बढ्नेछ।”
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।





























प्रतिक्रिया