चितवनमा पनि विस्तार भयो एक्सपेङको नयाँ शोरुम

चितवनमा पनि विस्तार भयो एक्सपेङको नयाँ शोरुम

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । काठमाडौँ र पोखरामा सफलतापूर्वक स्थापना भएपछि एक्सपेङको शोरुम चितवनमा पनि विस्तार भएको छ । नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले चितवन क्षेत्रका लागि यूरो मोटर्सलाई आधिकारिक डिलरमा नियुक्त गरेको छ ।

शोरुम उद्घाटनका क्रममा कम्पनीले एक्सपेङको नयाँ जी६ मोडल समेत लन्च गरेको छ । विश्वकै उच्च सुरक्षा परीक्षण ई–एनक्यापमा यस नयाँ कारले ५–स्टार रेटिङ प्राप्त गरेको छ । जुन स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएर निर्माण गरिएको हो ।

कारमा स्वचालित ड्राइभिङ प्रविधि, एसईपिए २.० संरचना, नियमित ओटिए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर–फास्ट चार्जिङ सुविधा जस्ता फिचर छन् । कारमा ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसको पावर १९० किलोवाट तथा टर्क ४४० एनएम छ । कारको मूल्य ८५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसले सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

Logo