नेपालमा छिट्टै देखिँदै टाटाको ‘कर्भ ईभी’, कति पर्ला मूल्य ?

नेपालमा छिट्टै देखिँदै टाटाको ‘कर्भ ईभी’, कति पर्ला मूल्य ?

केन्द्रबिन्दु
327
Shares

काठमाडौं । नेपालमा टाटाका इलेक्ट्रिक भेहिकल (ईभी) गाडी ग्राहकको निकै रोजाइमा परेका छन् । टाटाले उत्पादन गरेका ईभी गाडीहरू दमदार पर्फर्मेन्स भएकै कारण आमग्राहकको रोजाइमा परेका हुन् ।

टाटाका एकपछि अर्को नयाँ मोडलका ईभी गाडी आउने क्रम जारी रहँदा उक्त गाडी प्रतिको चासो धेरैलाई छ । जसलाई मध्यनजर गर्दै नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ मोडलको गाडी ल्याउने तयारी थालेको हो ।

कम्पनीका अनुसार अब छिटै टाटाको ‘कर्भ डट ईभी’ नेपाल आउने छ । दुई ब्याट्री विकल्पमा रहेको उक्त गाडीमा आधुनिक फिचरहरू समावेश गरिरहेको छ ।

भारतीय बजारमा सार्वजनिक भइसकेको कर्भ डट ईभी राम्रो सङ्ख्यामा बिक्री भइरहेको बताइएको छ । नेपाल आएपछि पनि यो गाडी धेरैको रोजाइमा पर्ने अपेक्षा कम्पनीले ल्याएको छ । यद्यपि कर्भ डट ईभी नेपाल कहिले सार्वजनिक हुने हो, त्यो भने कम्पनीले खुलाएको छैन ।

आकर्षक डिजाइन, अत्याधुनिक फिचर समावेश भएको यो गाडी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । ४५ किलोवाट आवरको ब्याट्री भएको भेरियन्टले ४३० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडीको टर्क भने २१५ एनएम छ ।

यस्तै, ५५ किलोवाट आवर ब्याट्री भएको कर्भ डट ईभीले एक पटकको फूल चार्जमा ५०२ किलोमिटरको यात्रा तय गर्छ । १०० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने यो गाडीमा ६ वटा एयर ब्याग साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम पनि रहेको छ ।

ग्राउण्ड क्लियरेन्स १८६ एमएम भएको यो गाडीको बुट स्पेस ५०० लिटर रहेको छ भने गाडीमा मोटर पावर १२३ किलोवाट आवर दिइएको छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ ।

भारतीय बजारमा कर्भ डट ईभीको सुरुवाती मूल्य १७ लाख ४९ हजार रुपैयाँ माथि तोकिएको छ । यद्यपि यो गाडी नेपालमा आएपछि कति मूल्य पर्ने हो, त्यो सार्वजनिक हुने क्रममा सिप्रदीले जानकारी दिने नै छ ।

स्टार सेफ्टी रेटिङ समेत पाएको उक्त कारमा हिल स्टार्ट र डिसेन्ट असिस्ट, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरू छन् ।

Logo