मनोज ज्ञवाली बने नबिल बैंकको सिनियर डेपुटी सीईओ

मनोज ज्ञवाली बने नबिल बैंकको सिनियर डेपुटी सीईओ

केन्द्रबिन्दु
177
Shares

काठमाडौं । चार्टर्ड एकाउन्टेन्टका रुपमा कार्यरत मनोज ज्ञवालीको नबिल बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा बढुवा भएको छ ।

बैंक सञ्चालक समितिले बैठकले ज्ञवालीलाई डेपुटी सीईओबाट वरिष्ठ कायम गरेको हो । योसँगै नबिलमा २ जना सिनियर डेपुटी सीईओ भएका छन् । सुजित शाक्य पनि सिनियर डेपुटी सीईओमै कार्यरत छन् ।

यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । हाल उनी सिनियर डीसीईओ हुन पुगेका हुन् । समितिको यो निर्णय ज्ञवालीलाई सीईओको रुपमा नियुक्त गर्ने पूर्वतयारीको रुपमा हेरिएको छ ।

Logo