पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला निर्वाचित

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला निर्वाचित

केन्द्रबिन्दु
9
Shares

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् ।

शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारीलाई सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन संयोजक तथा वाडाका पूर्वअध्यक्ष मोहनबाबु खड्काका अनुसार कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिवओम बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी चयन भएका छन् ।

समितिमा निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पदेन सदस्य रहनेछन् । नवनिर्वाचित अध्यक्ष कोइरालाले देवेन्द्र नकर्मी, नरेश सुवेदी र छबिलाल गौतमलाई कार्यसमिति सदस्यमा मनोनयन गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अटोमोबाइल क्षेत्रमा एसोसिएसनको योगदान महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा लगायतले अटोमोबाइल व्यवसायको समसामयिक विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कोइरालाले अटोमोबाइल व्यवसायीहरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आगामी फागुनमा पोखरामा अटो सो आयोजना गरिने बताए ।

साधारणसभाको अवसरमा अग्रज व्यवसायी विश्वबन्धु थापा र प्रदेशका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई पनि सम्मान गरिएको छ ।

Skip This
Skip This
Logo