काठमाडौँ । कम्पनी र कार उद्योगको नयाँ अध्यायका रूपमा मारुती सुजुकीले एसयूभी फ्रङ्क्समा हाइब्रिड टेक्नोलोजी प्रयोग गर्ने भएको छ । सो प्रविधि थपिएपछि फ्रङ्क्सको माइलेज प्रतिलिटर ३० किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ ।
अप्रिल २०२३ मा लन्च गरिएको मारुती सुजुकी फ्रङ्क्स एसयूभीले लन्च हुनेबित्तिकै भारतीय बजारमा हलचल मच्चाएको थियो । यो केवल १० महिनामा १ लाख भन्दा बढी युनिट बिक्रीको साथ मारुती सुजुकीको सबैभन्दा छिटो बिक्री हुने मोडेल बनेको थियो ।
रिपोर्टका अनुसार फ्रङ्क्सको नयाँ फेसलिफ्ट मोडल २०२६ मा लन्च हुने अनुमान गरिएको छ । सो मोडल मारुतीको पहिलो स्ट्रङ हाइब्रिड टेक्नोलोजी प्रयोग गरिएको एसयूभी हुनेछ । यसमा नयाँ जेड१२ई इन्जिन थपिनेछ ।
अपडेटेड फ्रङ्क्समा हाइब्रिड टेक्नोलोजी मात्र नभई यसको डिजाइनमा पनि केही परिवर्तन गर्नेछ र इन्टेरियर भागमा पनि नयाँ फिचर थपिने अपेक्षा गरिएको छ । सो मोडल भारतमा हाइब्रिड प्रविधि भएको पहिलो सब ४ मिटर एसयूभी हुनेछ ।
मारुतीले आगामी केही वर्षमा हाइब्रिड प्रविधिमा बलेनो र कम्प्याक्ट एमपीभी लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले सन् २०२७ सम्ममा आफ्नो नयाँ स्विफ्ट हाइब्रिड बजारमा ल्याउने लक्ष्य राखेको छ ।































प्रतिक्रिया