भन्सार छलीका सामान बोक्ने अटो रिक्सा प्रहरी नियन्त्रणमा

भन्सार छलीका सामान बोक्ने अटो रिक्सा प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
66
Shares

गौर । रौतहटको यमुनामाइ गाउँपालिकाको बमनहर चोकबाट प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याएर विभिन्न सवारीमार्फत लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार यमुनामाइ गाउँपालिका वडा न ४ बमनहर चोकमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय र मातहतबाट खटिएको टोलिले विभिन्न सवारी र पैदल यात्री लाई चेकजाँच गर्ने क्रममा फेला परेको उनले जानकारी दिए ।
प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना १ ह ७२०८ को अटो रिक्साबाट एक लाख ३७ हजार ५ सय २१ रुपैया बराबरको चिनी र कपडा बरामद गरेको उनले बताए ।

अटो रिक्साको मूल्याकंन २ लाख गरी तीन लाख ३७ हजार ५ सय २१ रुपैया कायम गरी गौर भन्सार कार्यालयमा बुझाइएको रौतहटका प्रहरी निरीक्षक महतोले बताए । पछिल्लो समयमा भारतसँग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ ।

भारतीय बजारको विभिन्न सामग्री भन्सारविना रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् । विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रिन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हुँदै आएको छ ।

लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाइन्छ ।

लत्ताकपडा, श्रृंगारका सामन, ईलेक्ट्रोनिक्स उपकरण र खद्यान्न लगायतका सामानहरूको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ ।

Logo