काठमाडौँ । भारतमा सन् २०२४ मा सबैभन्दा बढी बिक्री हुने कारमा टाटा पन्च पर्न सफल भएको छ । भारतमा गतवर्ष टाटाका २ लाख २ हजार ३० युनिट पन्च बिक्री भएका छन् ।
अब टाटाले ४० वर्षदेखि भारतमा सर्वाधिक बिक्री हुने मारुती सुजुकीलाई पछ्याएको छ । सर्वाधिक बिक्री हुने कारको दोस्रो स्थानमा पन्चपछि मारुतीकै वगान–आर रहेको छ ।
गतवर्ष वगान–आर १ लाख ९० हजार ८५५ वटा बिक्री भएको थियो । भारतमा एसयूभी सेगमेन्टका कारको बिक्री बढ्दै गएपछि मारुती सुजुकीले क्रमशः बजार हिस्सा गुमाउँदै जानुपरेको छ ।
२०२४ मा धेरै बिक्री हुने पाँच कारमा ३ वटा एसयूभी सेगमेन्टका कार छन् । सुचीको तेस्रो र चौथो स्थानमा सुजुकी इर्टिगा र ब्रेजा सामेल हुँदा पाँचौ स्थानमा भने हुन्डाई क्रेटा परेको छ । गत वर्ष क्रेटा १ लाख ८६ हजार ९१९ युनिट बिक्री भएको छ ।































प्रतिक्रिया