काठमाडौँ । एमएडब्लु वृद्धि मोटर्सले काठमाडौँको नागपोखरीमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धि नेपालका लागि डोङफेङ मोटर्सको आधिकारिक वितरक हो ।
डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्लु वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्लु वृद्धिका एमडी विवेक सिकारिया र एमएडब्लु वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थितिमा शोरुमको उद्घाटन गरिएको हो ।
गत वर्षको अगस्टमा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवातपछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ । सुरुवातको एक महिनाभित्रै नामीले ३५० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको जनाएको छ।
नयाँ शोरुमको उद्घाटनमा सवारी साधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउँदै ग्राहकलाई साँचो हस्तान्तरण र केक काट्ने समारोहको आयोजना समेत गरिएको थियो ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा अत्याधुनिक शोरुम खोल्न पाउँदा रोमाञ्चित भएको बताउदै यसबाट आगामी दिनमा समेत कम्पनीका बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
नयाँ शोरुममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा समेत गरिएको छ। यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ।
ग्राहकहरूले ‘नाउ अर नेभर’ मेगा अफरहरूबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । यस अन्तर्गत ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ। यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे गर्न पाउने जनाइएको छ ।
ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्ने छन् ।





























प्रतिक्रिया