सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

केन्द्रबिन्दु
123
Shares

काठमाडाैं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।

जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सइ, ब्लयाक प्लस डेकर, क्रम्टन, नथिङ र एप्पल आइफोन लगायतका उत्पादनहरू उपलब्ध छन्। आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको कम्पनीको भनाई छ।

दक्ष्य र अनुभवी सेल्स पर्सनहरुबाट ति शोरुममा भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशसम्मको विशेष छुट पाउन सक्नेछन्। तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीको भनाई छ।

नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई ग्राहकले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन्।

नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको स्पष्ट पारेको छ। यसमा फ्री डेलीभरी, फ्री इन्स्टलेसन, अन स्पोट इएमबई, एक्सचेन्ज अफर र लोयल्टी प्वाइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन्। याेसँगै सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।

Logo