फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अध्यक्ष सशीन जोशीको अध्यक्षता सञ्चालन भएको सभाले आफ्ना शेयरधनीहरूलाई २०८१ असार मसान्तसम्म कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरू पारित गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव पारित गरेको छ भने लेखापरीक्षकको रूपमा पुनः नियुक्त गर्ने निर्णय गरिएको छ।

वार्षिक सभाले फोनपे पेमेण्ट सर्भिस लिमिटेडको वित्तीय पारदर्शिता र शेयरधनीहरूप्रतिको प्रतिबद्धतालाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

Logo