काठमाडौँ । नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेटेड र थप शक्तिशाली एसयूभी एस०७ एल सार्वजनिक गरेको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिएको हो । दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले सो एसयूभी सार्वजनिक गरेका हुन् ।
दिपल एस०७ एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको हुनेछ, जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्ने बताइएको छ ।
एस०७ एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, ठूला २० इञ्चका टायरले एस०७ एललाई थप आकर्षित बनाएको छ । क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ ।
यसबाहेक दिपल एस०७ एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड्स फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड सेफ्टी ड्राइभिङ, एडास २.५ जस्ता फिचरहरू रहनेछन् । सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, ट्रान्सपरेन्ट च्यासिस सहितको ३६० डिग्री प्यानोरामिक क्यामेरा पनि रहेको छ ।
मूल्य र छुट अफर
दिपल एस०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर १५ दिन सम्मका लागि यसमा ३ लाख रुपैयाँ छुट प्रदान गरिएको छ । यसअनुसार हाल ग्राहकले ८१ लाख ९९ हजार रुपैयाँमै सो इलेक्ट्रिक एसयूभी पाउने छन् ।
फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एस०७ हालसम्म सात सयभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीको भनाइ छ । एस०७ एलले अद्वितीय ईभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया